Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु

इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु


  • 337
    Shares

    इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु
    images

    काठमाडौं ।  देउमाई नगरपालिका –०१ साधुगाउँमा बोलेरो जिप सडकमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    बिहीबार प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप सडकमा पल्टिएर दुर्घटना हुँदा चालक देउमाई नगरपालिका –०१ चमैता बस्ने अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको सोही गाडीले थिचिएर घटनास्थलमै मृत्यु भएको हो ।

    घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमान्डमा SOCO सहितको टोली खटिगई आवश्यक कानुनी प्रकृया अगाडी बढाएको र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - ११:३३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij