Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बेवारिसे भारतीय कारभित्र चार थान पेस्तोल र ६ वटा गोली भेटियो

बेवारिसे भारतीय कारभित्र चार थान पेस्तोल र ६ वटा गोली भेटियो


  • 393
    Shares

    बेवारिसे भारतीय कारभित्र चार थान पेस्तोल र ६ वटा गोली भेटियो
    images

    काठमाडौं । सशस्त्र प्रहरी बलले पर्साको वीरगञ्ज महानगरपालिका–१५, बास्तुबिहार चोकमा कटुवा पेस्तोल र गोलीसहित भारतीय कार नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गणको मोबाइल टोलीले रोकिराखेको अवस्थामा रहेको बेवारिसे युपी १६ एजे ३३०१ नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा बोरामा लुकाइराखेको २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल तथा पेस्तोलमा प्रयोग हुने ७.६२ एमएमका ६ थान गोली फेला पारेको हो।

    बरामद हातहतियार, गोली तथा कार आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश भट्टले जानकारी दिए ।

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - ११:२६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij