Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज विश्वकर्मा पूजा, भद्रकाली मन्दिर परिसरमा श्रद्धालुको भीड

आज विश्वकर्मा पूजा, भद्रकाली मन्दिर परिसरमा श्रद्धालुको भीड


  • 526
    Shares

    आज विश्वकर्मा पूजा, भद्रकाली मन्दिर परिसरमा श्रद्धालुको भीड
    images

    काठमाडौं । आज सवारीसाधन, कलकारखाना तथा विभिन्न मेसिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइँदै छ।

    प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको अवसरमा राजधानीको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ।

    bis12.JPG

    विश्वकर्मा पूजाका दिन विभिन्न कलकारखाना, उद्योग तथा कार्यस्थलमा भगवान् विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन छ। यस अवसरमा सवारीसाधन, मेसिनरी उपकरण तथा औजारहरूको समेत पूजा गरिन्छ।

    bis.JPG

    कलकारखाना तथा उद्योगहरूलाई विशेष रूपमा सजाएर मजदुर तथा कर्मचारीलाई समेत सहभागी गराई पूजा गर्ने गरिन्छ। पूजा गरिएका विश्वकर्माको मूर्ति भोलिपल्ट नदी तथा जलाशयमा लगेर विसर्जन गर्ने परम्परा रहेको छ।

    5.JPG

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १०:३३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij