Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१९ दिन बन्धक बनाएर बालिका बलात्कार : मुख्य आरोपी जेल, वडाध्यक्ष छुटे

१९ दिन बन्धक बनाएर बालिका बलात्कार : मुख्य आरोपी जेल, वडाध्यक्ष छुटे


  • 1.3K
    Shares

    १९ दिन बन्धक बनाएर बालिका बलात्कार : मुख्य आरोपी जेल, वडाध्यक्ष छुटे
    images

    काठमाडौं । जनकपुरका दुई होटलमा १९ दिनसम्म एक बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोप लागेका मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    २३ वर्षीय राइनलाई धनुषा जिल्ला अदालतले भदौ २६ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटना भएपछि उनी कतार फरार भएका थिए । इन्टरपोलमार्फत पक्राउ परेका राइनलाई गत साउन २५ गते नेपाल ल्याइएको थियो ।

    घटना २० लाख रुपैयाँमा मिलाउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनलाई सोमबार अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो ।

    धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर अपहरण गरी जनकपुर ल्याइएको र विभिन्न होटलमा बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोग छ । घटनामा दुई जना प्रहरीसहित करिब एक दर्जन व्यक्ति प्रतिवादी रहेको र अधिकांश अझै फरार रहेको बताइएको छ ।

    पीडितले यसअघि नै प्रहरीमा जाहेरी दिए पनि समयमै सुनुवाइ नभएको र त्यसपछि मुख्य अभियुक्त विदेश फरार भएको आरोप छ । पछि बालिका पुनः अपहरणमा परेपछि जनकपुरका होटलमा लामो समय बन्धक बनाएर जबरजस्ती करणी गरिएको अभियोगसहित अर्को मुद्दा दर्ता भएको हो ।

    घटनापछि सुरक्षा जोखिमका कारण पीडित बालिका हालसम्म सेफ हाउसमा बस्दै आएकी छन् । 

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १६:०६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij