Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चिलिमे हाइड्रोको सुरुङमा भेटिए दुई शव

चिलिमे हाइड्रोको सुरुङमा भेटिए दुई शव


  • 624
    Shares

    चिलिमे हाइड्रोको सुरुङमा भेटिए दुई शव
    images

    काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्ने क्रममा दुई वटा शव फेला परेका छन्।

    रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार खोजी टोलीले बुधबार करिब आधा घण्टाअघि सुरुङभित्र दुई शव फेला पारेको हो।

    उनका अनुसार सुरुङको ‘ब्रेक थ्रु’समेत भइसकेको छ। सुरुङभित्र थप व्यक्ति फसेका हुन सक्ने आशंकामा खोजी कार्यलाई निरन्तरता दिइएको छ।

    गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका संरचना तथा सुरुङमा काम गर्ने व्यक्तिहरू फसेको आशंकामा उद्धार टोलीले खोजी गरिरहेको छ।

    बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य जोखिमयुक्त क्षेत्रमा सुरक्षा निकाय र प्राविधिक टोली परिचालन गरी सम्भावित बेपत्ता व्यक्तिको खोजी भइरहेको छ।

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १५:३१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij