Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यस्ता छन् सर्वदलीय बैठकका निर्णयहरु

यस्ता छन् सर्वदलीय बैठकका निर्णयहरु


  • 582
    Shares

    यस्ता छन् सर्वदलीय बैठकका निर्णयहरु
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले बाढी–पहिरोपछि उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणको प्रभावकारी समन्वय र अनुगमनका लागि एक हप्ताभित्र ‘संसदीय विशेष समिति’ गठन गर्ने निर्णय गरेको छ ।

    बैठकपछि रास्वपाका प्रवक्ता जगदीश खरेलले बाढी–पहिरो प्रभावित क्षेत्रको खोजी, उद्धार, राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणमा सरकार तथा राजनीतिक दलहरूले हालसम्म गरेका कामको समीक्षा गर्दै विशेष समिति गठन गर्ने सहमति भएको जानकारी दिए ।

    बैठकले रवि लामिछाने संयोजक रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ । उक्त संयन्त्रमा रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति, राप्रपा, जसपा नेपाल, जनमत पार्टीलगायत संसद्मा प्रतिनिधित्व गर्ने तथा बाहिर रहेका दलहरूको सहभागिता रहनेछ ।

    संसद्मा रहेका दलहरूको सिट संख्याका आधारमा प्रतिनिधित्व हुने गरी गठन गरिने विशेष समितिले विपद् प्रभावित क्षेत्रको अध्ययन, छानबिन तथा समन्वय गर्नेछ । समितिको कार्यक्षेत्र (टीओआर) भने तय हुन बाँकी रहेको प्रवक्ता खरेलले बताए ।

    समितिले विपद् व्यवस्थापनका क्रममा कहाँ–कहाँ सुधार आवश्यक छ भन्ने विषय पहिचान गरी सरकारलाई आवश्यक सुझाव दिनेछ ।

    बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसङ्घ भ्रमणबारे पनि छलफल भएको थियो । सहभागी दलका नेताहरूले नेपालले भोगिरहेको वातावरणीय क्षति, त्यसबाट परेको प्रभाव र ‘जलवायु न्याय’को विषयलाई संयुक्त राष्ट्रसङ्घमा प्रभावकारी रूपमा उठाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । यसमा रास्वपा, कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरू सहभागी भएका दलहरूको सिटको आधारमा प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र संसदीय विशेष समिति बनाउने निर्णय भएको छ । 

    स्वपाका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकका निर्णय 

    • भोटेकोशीको बाढी पछिको खोजी, उद्धार, राहत वितरण, पुनर्स्थापना र पुननिर्माणको क्षेत्रमा अहिलेसम्म सरकारले गरेको काम, राजनीतिक दलहरूले गरेको महत्त्वपूर्ण कामबारे गम्भीर समीक्षा भएको छ । 
    • यो राजनीतिक संयन्त्रलाई कायमै राख्ने निर्णय भएको छ । 
    • सभापति रवि लामिछाने संयोजक रहेको राजनीतिक संयन्त्र कायमै राख्ने निर्णय भएको छ । 

     

     

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १४:३७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij