२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सम्पत्ति विवरण नबुझाउने २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ। पार्टीले पटक–पटक सूचना, फलोअप तथा संसद् सचिवालयमार्फत एसएमएस पठाएर सम्पत्ति विवरण बुझाउन ताकेता गरे पनि ती सांसदहरूले अझै विवरण नबुझाएको जनाएको हो।
रास्वपाले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई निरन्तर आग्रह गर्दै आएको थियो। तर निर्धारित समयसम्म पनि २४ जना सांसदले विवरण नबुझाएपछि उनीहरूको नामावली सार्वजनिक गरिएको पार्टीले जनाएको छ।
सार्वजनिक विवरणअनुसार सम्पत्ति विवरण नबुझाउने सांसदहरूमा आशा झा (मोरङ–५), कन्हैया बनिया (रुपन्देही–४), कामिनी कुमारी (महोत्तरी), कुसुम महर्जन (काठमाडौं), कृष्णकुमार कार्की (मोरङ–२), गीता चौधरी (कञ्चनपुर), तपेश्वर यादव (सिरहा–४), पुनमकुमारी अग्रवाल (सिरहा), प्रभा ढकाल (बारा), प्रशान्त उप्रेती (मकवानपुर–२), मधुकुमार चौलागाईं (काभ्रेपलाञ्चोक–१), यज्ञमणि न्यौपाने (मोरङ–१) र रविन महतो (सर्लाही–२) लगायत छन्।
त्यस्तै, नामावलीमा राजु नाथ पाण्डे (काठमाडौं–३), रामकान्त प्रसाद चौरसिया (पर्सा–३), रविना आचार्य (मोरङ–६), लालविक्रम थापा (सुनसरी–२), डा. लेखजंग थापा (रुपन्देही–३), शम्भु कुमार यादव (सिरहा–३), श्रीराम न्यौपाने (तनहुँ–२), सन्तोष राजवंशी (मोरङ–४), सागर ढकाल (गुल्मी–१), सुशान्त वैदिक (प्युठान–१) र सूर्यबहादुर तामाङ (उदयपुर–२) लगायतको नाम उल्लेख छ।
रास्वपाले सम्पत्ति विवरण बुझाउने प्रक्रियामा पारदर्शिता कायम गर्न सांसदहरूलाई निरन्तर ताकेता गर्दै आएको जनाएको छ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij