२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि लागू हुने गरी दर्ता प्रक्रिया खुला गरिएको हो ।
उपत्यकाबाहिर दर्ता हुने सवारीसाधनमध्ये विद्युतीय सार्वजनिक यात्रुवाहक साधनलाई विशेष प्राथमिकता दिइने विभागले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र भने नयाँ सार्वजनिक यात्रुवाहक सवारी दर्तामा लगाइएको रोक यथावत् राखिएको छ । उपत्यकाको सडक तथा रुट व्यवस्थापनलाई ध्यानमा राख्दै स्कुल बस र पुराना सवारी साधनको सट्टा भर्नाका लागि मात्र दर्ता खुला गरिएको छ ।
यसअघि जेठ ७ गतेको निर्णयमार्फत सार्वजनिक सवारी साधनको पैठारी तथा दर्ता रोक्का गरिएको थियो । त्यसपछि साउन १८ गते मालवाहक सवारी साधनको दर्ता खुला गरिएकोमा आगामी असोज १ देखि लागू हुने गरी उपत्यकाबाहिर यात्रुवाहक सवारीको दर्ता पनि खुला गरिएको विभागले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij