२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्न मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ।
बैठकमा समसामयिक विषयसँगै मन्त्रालयगत प्रस्ताव तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ। विभिन्न मन्त्रालयबाट पेश हुने प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूचीसमेत रहेको जनाइएको छ।
मन्त्रिपरिषद् बैठकमा पछिल्लो राजनीतिक, प्रशासनिक तथा सार्वजनिक सरोकारका विषयमा समेत छलफल हुन सक्ने बताइएको छ। बैठकपछि भएका निर्णयहरूबारे सरकारी पक्षबाट औपचारिक जानकारी गराइने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij