Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन

‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन


  • 1.0K
    Shares

    ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन
    images

    काठमाडौं । प्रतिनिधि सभाबाट एशियाली विधायिकी संस्थाहरूको परिषद् (काउन्सिल अफ एशियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स) क्यालीको सदस्यता प्राप्त गर्ने प्रश्ताव अनुमोदन गरिएको छ । सभाको मंगलवारको बैठले कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेश गर्नुभएको उक्त प्रश्ताव अनुमोदन सर्वसम्मतिले अनुमोदन गरेको हो । 

    यसअघि उक्त प्रश्तावमाथि दफावार छलफल गरिएको थियो । छलफलमा उठेका जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले एशियाली विधायिकी संस्थाहरूको परिषद् ९क्याली० ले डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता र जलवायु परिवर्तनबाट उत्पन्न विधायिकी चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रबीच सहकार्य र अनुभव आदानप्रदानमा सहयोग गर्ने विश्वास व्यक्त गरीन् । उनकाअनुसार क्याली विधायिकी नीति तथा कानून निर्माणसँग सम्बन्धित अनुभव आदानप्रदान गर्दै कानून निर्माणमार्फत कानूनी शासन र कानूनी संस्कृतिको प्रवद्र्धन गर्ने अन्तरसरकारी निकाय भएको पनि बताइन् ।

    उनले भने, ‘एशियाली विधायिकी संस्थाहरूको परिषद् विधायिकी नीति तथा कानून निर्माणसँग सम्बन्धित अनुभव तथा कानून निर्माणको माध्यमबाट कानूनी शासन तथा कानूनी संस्कृतिको प्रवद्र्धन गर्ने अन्तरसरकारी निकाय हो । क्यालीको उद्देश्य भनेको डिजिटल रुपान्तरण क्रृतिम बुद्धिमता र जलवायु परिवर्तनजस्ता विश्वव्यापी विषयहरुले हाम्रो समाजमा जुन त्यसका माध्यमबाट उत्पन्न हुने विधायिकी चुनौतीहरुलाई संयुक्त रुपमा कसरी सम्बोधन गर्न सकिन्छ भनेर खोज गर्नु हो ।’ 

     

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १८:१४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij