Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरुवा भएका कर्मचारीलाई अनिवार्य रमाना दिन मन्त्रालयको निर्देशन

सरुवा भएका कर्मचारीलाई अनिवार्य रमाना दिन मन्त्रालयको निर्देशन


  • 596
    Shares

    सरुवा भएका कर्मचारीलाई अनिवार्य रमाना दिन मन्त्रालयको निर्देशन
    images

    काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

    मन्त्रालयले मंगलबार सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई सम्बन्धित कार्यालयमा हाजिर गराउन निर्देशन दिएको हो।

    मन्त्रालयका अनुसार पछिल्लो समय सरुवा भएका कर्मचारीलाई बहाली म्याद सकिँदासमेत रमाना नदिने, विभिन्न बहानामा पुरानै कार्यालयमा काम गराउने तथा सरुवा भइसकेपछि पनि पूर्वकार्यालयबाटै तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएको छ।

    यसले विशेषगरी स्थानीय तहमा जनशक्ति अभाव भई सेवा प्रवाह प्रभावित भएको मन्त्रालयको भनाइ छ। निजामती सेवा ऐन तथा नियमावलीअनुसार सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना दिनुपर्ने कानुनी व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ।

    मन्त्रालयले निर्धारित समयभित्र रमाना नदिए कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ। रमाना दिनुपर्ने अवधिभन्दा बढी समयको तलबभत्ता पुरानै कार्यालयबाट भुक्तानी भए सम्बन्धित कार्यालय प्रमुख र लेखा प्रमुखबाट असुलउपर गरिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

    त्यस्तै, महालेखा परीक्षकको कार्यालयलाई पनि सरुवा भएका कर्मचारीलाई रमाना नदिई तलबभत्ता भुक्तानी गरिएको पाइए बेरुजु कायम गरी निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ।

    bhumi.jpg

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १७:१३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij