Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

इन्द्रसरोवरमा इभी दुर्घटना, ४ जनाको मृत्यु

इन्द्रसरोवरमा इभी दुर्घटना, ४ जनाको मृत्यु


  • 1.0K
    Shares

    इन्द्रसरोवरमा इभी दुर्घटना, ४ जनाको मृत्यु
    images

    काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, महालक्ष्मी खोला नजिकै इभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

    काठमाडौंबाट हेटौँडातर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी मंगलबार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    प्रहरीका अनुसार इभीमा ८ जना सवार थिए । उनीहरूमध्ये ६ पुरुष र २ महिला रहेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका ४ जनामध्ये ३ जनालाई उपचारका लागि काठमाडौं र एक जनालाई हेटौँडा ल्याइएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार घटनास्थलमा प्रहरी र ट्राफिक टोली परिचालन गरिएको छ ।

    मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १६:४८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij