Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै, के-के छन् प्राथमिकतामा ?

सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै, के-के छन् प्राथमिकतामा ?


  • 11.4K
    Shares

    सातवटै  प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै, के-के छन् प्राथमिकतामा ?

    काठमाडौं । संविधान अनुसार सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०७८/०७९ को अनुमानित आय विवरण (बजेट)  सार्वजनिक गर्दैछन् । सातै प्रदेशका अर्थमन्त्रीहरूले आ आफ्नो प्रदेश सभा बैठकमा बजेट पेश गर्ने छन् ।

    प्रत्येक बर्षको असार १ गते आर्थिक बर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक वाध्यता छ । यसअघि ५ वटा प्रदेशले आफ्नो नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पुर्वाधारको निर्माण र कृषि लगायतलाई प्राथमिकतामा राखेर पारित गरेका छन् । 

    तर कर्णाली र गण्डकी प्रदेशमा भने नीति तथा कार्यक्रम नै पारित भएको छैन । ती प्रदेशमा आजै बजेट सार्वजनिक गर्नुअघि बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउने तयारी भएको छ ।
     
    गण्डकीमा मंगलबार बिहान १० बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । उक्त बैठकबाट नीति तथा कार्यक्रम पारित गरि केही समय बैठक स्थगित गरेर आजै अर्को बैठकमार्फत बजेट पारित गर्ने तयारी छ । गण्डकीमा तीन दिन अघि मात्रै सरकार परिवर्तन भएको थियो ।

    त्यसैगरी कर्णालीमा प्रदेशमा एमालेका चार सांसदको सर्वोच्चले खारेज गरेपछि उनीहरु सत्तापक्षमा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने विवाद बढ्दा सोमबार नीति तथा कार्यक्रम पारित हुन सकेको थिएन । 

    कर्णालीमा आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट नीति तथा कार्यक्रम पारित गरेपछि बजेट सार्वजनिक गर्ने तयारी छ ।यसअघि नै प्रदेश सभामा नीति कार्यक्रम पारित गरिसकेका प्रदेश नम्बर १,२, वागमती र लुम्बिनी प्रदेशले आज दिउँसो ३ र बजे बस्ने बैठकमा बजेट पेश गर्दैछन् ।

    प्रकाशित मिति :आषाढ १ २०७८ मंगलवार - ०९:५९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij