Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहकार्यका लागि आह्वान गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहकार्यका लागि आह्वान गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता


  • 883
    Shares

    जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहकार्यका लागि आह्वान गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनबाट सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका लागि विश्वव्यापी सहयोग र सहकार्यको आह्वान गर्ने बताएका छन्।

    मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएको बताएका हुन्।

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, क्षति र समाधानका उपायबारे विश्व समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    उनले हिमाली, पहाडी र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको गम्भीर असरबारे समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने बताएका छन्। तापक्रम वृद्धिका कारण हिमाल पग्लिने, हिमनदीको बहाव बढ्ने, पानीका मुहान सुक्ने तथा मौसममा अप्रत्याशित परिवर्तन हुने समस्या बढ्दै गएको उनको सन्देशमा उल्लेख छ।

    जलवायु परिवर्तनले स्थानीय जनजीवन, कृषि तथा जैविक विविधतामा समेत असर पारिरहेको भन्दै प्रधानमन्त्री शाहले यसको सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।

    घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुईदिने सम्मेलनको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी छन्। सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ।

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १४:५५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij