Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

कांग्रेसले जारी गर्‍यो निर्वाचन निर्देशिका, सभापतिमा उम्मेदवारी शुल्क ४० हजार

कांग्रेसले जारी गर्‍यो निर्वाचन निर्देशिका, सभापतिमा उम्मेदवारी शुल्क ४० हजार


  • 526
    Shares

    कांग्रेसले जारी गर्‍यो निर्वाचन निर्देशिका, सभापतिमा उम्मेदवारी शुल्क ४० हजार
    images

    काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि निर्वाचन निर्देशिका जारी गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिबाट स्वीकृत निर्देशिकामा विभिन्न तहका नेतृत्वमा उम्मेदवारी दिँदा बुझाउनुपर्ने शुल्क र आवश्यक प्रस्तावक–समर्थकको संख्या तोकिएको छ।

    निर्देशिकाअनुसार कांग्रेसको केन्द्रीय सभापतिमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। सभापतिका उम्मेदवारलाई १० जना महाधिवेशन प्रतिनिधि प्रस्तावक र १० जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

    त्यस्तै, केन्द्रीय उपसभापति र महामन्त्रीका उम्मेदवारका लागि ३० हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ। उपसभापति र महामन्त्रीका लागि सात जना प्रस्तावक र सात जना समर्थक, सहमहामन्त्रीका लागि पाँच–पाँच तथा केन्द्रीय सदस्यका लागि तीन–तीन जना प्रस्तावक र समर्थक आवश्यक पर्नेछ।

    प्रदेश तहमा सभापतिका लागि २० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार तथा प्रदेश सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।

    कांग्रेसले वडा तहदेखि केन्द्रीय तहसम्मका विभिन्न पदमा उम्मेदवारीसम्बन्धी प्रक्रिया र शुल्क निर्देशिकामार्फत स्पष्ट गरेको जनाएको छ।

     

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १४:३९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij