२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । संसदीय समितिले ‘संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८३’ संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको मंगलवार बसेको बैठकमा विधेयकको प्रतिवेदनमाथि छलफल भएपछि समितिका सभापति कृष्णबहादुर रोकायले संशोधनसहित विधेयक पारित गर्न प्रश्ताव गर्नुभएको थियो । सभापति रोकायको प्रश्तावपछि समितिले प्रतिवेदन परिमार्जनसहित विधेयक सर्वसम्मतिले पारित गरेको घोषणा गरेको हो ।
विधेयकमा संक्रामक पशुरोगको नियन्त्रण, रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था गर्ने विषय समेटिएको छ । समितिको छलफलका क्रममा विधेयकका विभिन्न प्रावधानमाथि सांसदहरूले सुझाव तथा धारणा राखेका थिए ।
प्राप्त सुझावका आधारमा प्रतिवेदन परिमार्जन गरी विधेयकलाई समितिबाट पारित गरिएको हो । विधेयक पारित भएसँगै संक्रामक पशुरोगको पहिचान, नियन्त्रण तथा रोकथामका लागि कानुनी आधार थप बलियो हुने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij