Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आइतबारको बिदा खारेज गर्न राप्रपा सांसद भाटको माग

आइतबारको बिदा खारेज गर्न राप्रपा सांसद भाटको माग


  • 547
    Shares

    आइतबारको बिदा खारेज गर्न राप्रपा सांसद भाटको माग
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले आइतबार दिइँदै आएको साप्ताहिक बिदा खारेज गर्न माग गरेका छन्।

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाका कारण सार्वजनिक सेवा प्रवाह प्रभावित भएको दाबी गर्दै पुरानै बिदा प्रणाली कायम गर्न सरकारसँग आग्रह गरेका हुन्।

    उनले आइतबारको बिदा सरकारी कर्मचारी, विद्यालय तथा शिक्षा क्षेत्रका लागि समेत आवश्यक नरहेको जिकिर गरे। उनका अनुसार साताको बीचमा थप एक दिन बिदा हुँदा नागरिकले सरकारी सेवा लिन कठिनाइ भोग्नुपरेको छ भने प्रशासनिक काम र विकास निर्माणका गतिविधिमा समेत असर परेको छ।

    ‘आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन। न सरकारी कर्मचारीलाई यो आवश्यक छ, न त विद्यालय वा शिक्षा क्षेत्रलाई नै,’ सांसद भाटले भने।

    उनले बिदाको व्यवस्थाबाट अपेक्षित लाभ नदेखिएको भन्दै जनभावनालाई ध्यानमा राखेर तत्काल आइतबारको बिदा हटाउनुपर्ने बताए।

    सांसद भाटले सरकारले पुरानै कार्यतालिका अर्थात् शुक्रबार आधा दिन र शनिबार पूर्ण बिदाको व्यवस्था पुनः लागू गर्नुपर्ने माग गरेका छन्। उनले सार्वजनिक सेवा सहज र प्रभावकारी बनाउन बिदासम्बन्धी व्यवस्थामा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराए।

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १४:२०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij