Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

इन्द्रजात्राका लागि काभ्रेबाट काठमाडौं ल्याइयो लिङ्गो

इन्द्रजात्राका लागि काभ्रेबाट काठमाडौं ल्याइयो लिङ्गो


  • 484
    Shares

    इन्द्रजात्राका लागि काभ्रेबाट काठमाडौं ल्याइयो लिङ्गो
    images

    काठमाडौं । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला वनबाट काठमाडौं ल्याइएको छ।

    तान्त्रिक तथा परम्परागत विधिअनुसार पूजा गरी छनोट गरिएको रूख काटेर तयार पारिएको लिङ्गोलाई मंगलबार सडकमा तान्दै काठमाडौं ल्याइएको हो। नेपाल भाषामा इन्द्रजात्राको लिङ्गोलाई ‘यःसिं’ भनिन्छ।

    नाला वनबाट ल्याइएको लिङ्गोलाई विधिपूर्वक तयार पारेर हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरवको मूर्तिअगाडि ठड्याउने परम्परा छ। लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरेपछि इन्द्रजात्राको औपचारिक सुरुआत हुने धार्मिक मान्यता छ।

    लिङ्गो छनोट र कटानको प्रक्रिया विशेष धार्मिक तथा सांस्कृतिक विधिसँग जोडिएको छ। परम्पराअनुसार नाला क्षेत्रमा वनयात्रा गरी पूजा गरेपछि निश्चित विधिबाट लिङ्गोका लागि रूख छनोट गरिन्छ। विगतमा विशेष पूजा गरिएको बोका जंगलमा छाड्दा उसले छोएको रूखलाई लिङ्गोका लागि छनोट गर्ने चलनसमेत रहेको बताइन्छ।

    काभ्रेको नाला वनबाट भक्तपुर हुँदै भोटाहिटी, असन र इन्द्रचोक भएर हनुमानढोकासम्म लिङ्गो तान्दै ल्याउने परम्परा इन्द्रजात्राको महत्वपूर्ण सांस्कृतिक पक्ष मानिन्छ। लिङ्गो ल्याउने क्रममा बाटोभरि सर्वसाधारणको उल्लेख्य भीड लाग्ने गर्छ। 

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १४:००:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij