Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

११ दिनपछि सकुशल भेटिए १५ महिनाका बालक

११ दिनपछि सकुशल भेटिए १५ महिनाका बालक


  • 554
    Shares

    ११ दिनपछि सकुशल भेटिए १५ महिनाका बालक
    images

    काठमाडौं । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ।

    भदौ १८ गते घरको आँगनमा खेलिरहेका बेला हराएका बालकको खोजीमा ६० जनाको प्रहरी टोली, तालिमप्राप्त कुकुर तथा प्राविधिक अनुसन्धान परिचालन गरिएको थियो।

    अनुसन्धानका क्रममा बालकलाई कमला नगरपालिका–९ की करिब ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीको घेराबन्दीपछि उनले भदौ २९ गते बालकलाई घरदेखि करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेकी थिइन्।

    प्रहरीले बालकलाई तत्काल उद्धार गरी स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

    भारततर्फ भाग्दै गरेकी पासवानलाई पनि सोही दिन विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १२:२४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij