२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाल र माइक्रोनेसियाबिच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोनेसियाका स्थायी प्रतिनिधि राजदूत जिम एस। लिपवेले सोमबार कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् ।
योसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम गरेका देशको संख्या १८५ पुगेको छ । सम्बन्ध स्थापना गर्ने क्रममा भएको द्विपक्षीय भेटवार्तामा दुवै राजदूतहरूले आपसी हितका विषयमा छलफल गर्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै, संयुक्त राष्ट्रसंघलगायतका बहुपक्षीय मञ्चमा सहकार्य अभिवृद्धि गर्ने विषयमा समेत उहाँहरूले जोड दिएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij