Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

किस्पाङ अध्यक्ष तामाङविरुद्ध १० बैंकिङ कसुर मुद्दा, सबैमा अनुसन्धान हुँदै

किस्पाङ अध्यक्ष तामाङविरुद्ध १० बैंकिङ कसुर मुद्दा, सबैमा अनुसन्धान हुँदै


  • 582
    Shares

    किस्पाङ अध्यक्ष तामाङविरुद्ध १० बैंकिङ कसुर मुद्दा, सबैमा अनुसन्धान हुँदै
    images

    काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा बैंकिङ कसुरको मुद्दा रहेको पाइएको छ ।सोमबार प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेर बाहिरिने क्रममा सिंहदरबार गेटबाट पक्राउ परेका तामाङविरुद्ध विभिन्न ठाउँमा १० वटा बैंकिङ कसुरको मुद्दा रहेको पाइएको हो ।

    उनीविरुद्ध जिल्ला प्रहरी परिसरले अनुसन्धान सकेर ३ करोड ४ लाखको बैंकिङ कसुरको मुद्दा सरकारी वकिल कार्यालयमा पेश गरिसकेको छ । परिसर काठमाडौंले नै १ करोड ३ लाख ३० हजारको अर्को मुद्दा पनि सरकारी वकिल कार्यालयमा पठाइसकेको छ ।

    ४८ लाखको एउटा र ९५ लाखको अर्को गरी दुई वटा बैंकिङ कुसुर मुद्दाको पनि मिसिल पेश भइसकेको छ । २ करोड ५६ लाखको ठगी कसुरको मुद्दा पनि परिसर काठमाडौंबाट सरकारी वकिल कार्यालयमा गइसकेको काठमाडौं परिसरका एसपी दानबहादुर थापाले बताएका छन् ।

    त्यस्तै परिसर भक्तपुरमा २ लाखको, प्रहरी र्वत्त जनसेवामा ७५ लाखको, प्रहरी वृत्त दरबारमार्गमा ५ लाख २५ हजारको, वृत्त लैनचौरमा १९ लाख ८० हजारको र वृत्त महराजगञ्जमा पनि बैंकिङ कसुरको मुद्दा दर्ता रहेको प्रहरीले बताएको छ । प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए । तामाङ सोही छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए ।

     

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - ११:३१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij