Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण


  • 631
    Shares

    हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
    images

    काठमाडौं । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।

    नापी कार्यालय धनुषाका अनुसार विसं २०७२ मा उक्त क्षेत्रको नाप नक्सा भए पनि जग्गाधनी प्रमाणपुर्जा वितरण हुन सकेको हंसपुर नगरपालिका–५ का ३६५ परिवारलाई आज जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

    नाप नक्सा सम्पन्न भएपनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका स्ववासी तथा गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै लालपुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारले बताए ।

    उनका अनुसार स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि वर्षौँदेखि जग्गाको स्वामित्व स्थापित गर्न नसकेका परिवारले कानुनी रूपमा आफ्नो सम्पत्तिको मालिक बन्ने आधार पाएका छन् ।

    “पुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुन्छ”, प्रमुख उमेशकुमारले भने, “जग्गाको बिक्री–वितरण गर्न सकिने भएकाले आर्थिक गतिविधि बढ्नुका साथै राज्यले राजस्वसमेत प्राप्त गर्न सक्छ ।”

    धनुषामा सञ्चालन भइरहेको जग्गाधनी पुर्जा वितरण अभियानअन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका–१ र २ तथा साविक रमदैया भवाडी गाविस–३ का ३७५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी गरिएको प्रमुख उमेशकुमारले बताए ।

    नापी नक्सा सम्पन्न भइसकेका तर दर्ता प्रक्रिया बाँकी रहेका धनुषाका अन्य गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको विवरणसमेत कार्यालयले अध्ययन गरिरहेको उनको भनाइ छ ।

     

     

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १०:३६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij