Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

आज (मंगलबार) फलफूल तथा तरकारीको मूल्य कति?

आज (मंगलबार) फलफूल तथा तरकारीको मूल्य कति?


  • 442
    Shares

    आज (मंगलबार) फलफूल तथा तरकारीको मूल्य कति?
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज डल्ले च्याउसहित कतिपय तरकारीको भाउ आकाशिँदा इस्कुससहितका केही तरकारी सस्तिएका छन्। तर धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। 

    कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७५, भारतीय ठूलो गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ४५, रातो आलु लाम्चो ५३, भारतीय सुकेको प्याज ९०, लोकल गाँजर ११०, लोकल बन्दा ३५, स्थानीय काउली १०५, हाइब्रिड मुला ४५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि तनेबोडी ६८, मकै बोडी ११०, घिउ सिमी ९५, करेला ६४, लौका ५५, लोकल परबल ६५, घिरौँला ५२, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ६५, स्कुस १५, भिन्डी ४५, रायोको साग १००, पालुंगोको साग १७५, कन्य च्याउ २१३, डल्ले च्याउ ५२५, कुरिलो ४५० रुपैयाँ प्रतिकिलो छ।

    कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ७५, भारतीय ठूलो गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ४५, रातो आलु लाम्चो ५३, भारतीय सुकेको प्याज ९०, लोकल गाँजर ११०, लोकल बन्दा ३५, स्थानीय काउली १११, हाइब्रिड मुला ४२, लाम्चो भन्टा ३४, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो थियो।

    त्यसैगरि तनेबोडी ७२, मकै बोडी ११०, घिउ सिमी ९५, करेला ५५, लौका ५५, लोकल परबल ७५, घिरौँला ४६, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ६५, स्कुस २०, भिन्डी ४५, रायोको साग १००, पालुंगोको साग १७५, कन्य च्याउ २२५, डल्ले च्याउ ४७५, कुरिलो ४५० रुपैयाँ प्रतिकिलो थियो।

    हेर्नुहोस् सबै तरकारी तथा फलफूलको आजको मूल्यसूची

     

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - ०८:३०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij