Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विमानस्थलमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले दुर्गा प्रसाईंलाई घर पुर्‍यायो

विमानस्थलमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले दुर्गा प्रसाईंलाई घर पुर्‍यायो


  • 862
    Shares

    विमानस्थलमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले दुर्गा प्रसाईंलाई घर पुर्‍यायो
    images

    काठमाडौं । त्रिभुवन विमानस्थल आइपुगेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले घर पठाएको छ ।

    झापाको भद्रपुर–काठमाडौं फ्लाइटमार्फत सोमबार (भदौ २९) दिउँसो त्रिभुवन विमानस्थल आइपुगेका उनले त्यहीँ कार्यक्रम गर्न खोजेका थिए । तर, उनलाई प्रहरीले विमानस्थल परिसरभित्र कुनै कार्यक्रम गर्न नमिल्ने भन्दै घर पठाएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले प्रसाईंलाई उनकै घर भक्तपुर पठाइएको जानकारी दिए । “पक्राउ गरेको होइन । हामीले यहाँ कार्यक्रम गर्न मिल्दैन भनेर भक्तपुर उहाँकै घर पठाएका हौँ,” उनले भने ।

    यसअघि समेत प्रहरीले प्रसाईंलाई विमानस्थलबाट आफ्नै गाडीमा राखेर उनको घर पुर्‍याएको थियो ।

    प्रकाशित मिति :भाद्र २९ २०८३ सोमवार - १४:४७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij