Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

वेश्यागमनको प्रचार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

वेश्यागमनको प्रचार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ


  • 1.5K
    Shares

    वेश्यागमनको प्रचार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ
    images

    काठमाडौँ । सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार गर्ने भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–३ घर भएर काठमाडौँ महानगरपालिका–२६ स्थित नयाँ बसपार्क बस्दै आएका २४ वर्षीय सरोज लामा छन् ।

    भदौ २७ मा पक्राउ गरेर आरोपीमाथि वेश्यागमनको प्रचार गर्न नहुने कसुरमा प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपीले विभिन्न मूल्यमा ‘केटी मिलाइदिन्छु’ भनेर भिडियो बनाउँदै पोस्ट गरेको भेटिएको छ ।

    भिडियोमा भएको भन्दा फरक हुलिया बनाएर हिँडेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । 

    प्रकाशित मिति :भाद्र २९ २०८३ सोमवार - १३:०९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij