Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी प्रभावित परिवारलाई मासिक १५ हजार आवास भाडा दिने निर्णय

भोटेकोशी प्रभावित परिवारलाई मासिक १५ हजार आवास भाडा दिने निर्णय


  • 547
    Shares

    भोटेकोशी प्रभावित परिवारलाई मासिक १५ हजार आवास भाडा दिने निर्णय
    images

    काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण सम्पन्न नभएसम्म सरकारले मासिक आवास खर्च उपलब्ध गराउने भएको छ।

    सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि प्रत्येक थप सदस्यबापत मासिक थप २ हजार रुपैयाँ उपलब्ध गराइनेछ। 

    बाढीका कारण घरबार गुमाएका प्रभावित परिवारलाई स्थायी आवास निर्माण नहुँदासम्म बसोबास तथा आवश्यक खर्च व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको सरकारले जनाएको छ।

    मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

    सरकारले प्रभावित परिवारलाई नगद भाडा सुविधा लिन नचाहेमा अर्को विकल्पसमेत दिएको छ। त्यस्ता परिवारका लागि स्थायी आवास निर्माण नहुन्जेल सरकारले नै अस्थायी आवासको व्यवस्था गर्नेछ।

    यसका लागि आवश्यक विवरण तथा तथ्याङ्क संकलन गर्न सम्बन्धित स्थानीय तहहरूमा फाराम पठाइसकिएको मन्त्री तिमिल्सिनाले जानकारी दिएका छन्।

    सरकारले राहतसँगै प्रभावित क्षेत्रको पुनर्स्थापना र स्थायी आवास निर्माणलाई अघि बढाउने जनाएको छ।  

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - १६:१३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij