Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न ओलीसमक्ष आग्रह

लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न ओलीसमक्ष आग्रह


  • 575
    Shares

    लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न ओलीसमक्ष आग्रह
    images

    काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत सञ्चारमाध्यमले पाउँदै आएको रकम कटौती नगर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेको छ।

    कार्यदलका प्रतिनिधिले आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीसँग भेट गर्दै छापा सञ्चारमाध्यमले पछिल्लो समय भोगिरहेका आर्थिक समस्या तथा चुनौतीबारे जानकारी गराएका हुन्।

    छापा माध्यमको आर्थिक अवस्था कमजोर बन्दै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिए नियमित प्रकाशनमा समस्या आउनुका साथै पत्रकार तथा कर्मचारीको रोजगारीमा समेत प्रत्यक्ष असर पर्ने कार्यदलको भनाइ छ।

    कार्यदलले छापा सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनका लागि राज्यले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिनुपर्ने माग गरेको छ। साथै, सञ्चार क्षेत्रलाई थप संकटमा पर्न नदिन आवश्यक नीतिगत व्यवस्था गर्न पनि आग्रह गरिएको छ।

    नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश कमिटीको तर्फबाट गठित कार्यदलका संयोजक दामोदर दवाडीसहितका प्रतिनिधिले छापा माध्यमको वर्तमान अवस्था, आर्थिक संकट र सञ्चार क्षेत्रको दिगोपनाका विषयमा अध्यक्ष ओलीसँग छलफल गरेका थिए।

    भेटका क्रममा अध्यक्ष ओलीले आफूहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोककल्याणकारी विज्ञापनको पक्षमा रहेको धारणा राखेको कार्यदलले जनाएको छ।

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - १५:५५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij