Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रुकुम पश्चिम जिप दुर्घटनाप्रति जनार्दन शर्माले गरे दुःख व्यक्त

रुकुम पश्चिम जिप दुर्घटनाप्रति जनार्दन शर्माले गरे दुःख व्यक्त


  • 652
    Shares

    रुकुम पश्चिम जिप दुर्घटनाप्रति जनार्दन शर्माले गरे दुःख व्यक्त
    images

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले आइतबार रुकुम पश्चिममा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

    सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष शर्माले सो दुर्घटनाको खबरले अत्यन्तै स्तब्ध बनाएको बताएका हुन् । उनले सो दुर्घटनामा परेर मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    उनले भने, ‘रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका–६, कोटगाउँबाट सिम्ली आउँदै गरेको बोलेरो जिप डाँगडुङ्गी मोडमा दुर्घटना हुँदा घटनास्थलमै २ जनाको मृत्यु भएको र १० जना घाइते भएको खबरले अत्यन्तै स्तब्ध बनाएको छ। मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’


     

     

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - १५:०४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij