Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुत्केरी बिदा ६ महिना पुर्‍याउन संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव

सुत्केरी बिदा ६ महिना पुर्‍याउन संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव


  • 1.3K
    Shares

    सुत्केरी बिदा ६ महिना पुर्‍याउन संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव
    images

    काठमाडौं । प्रतिनिधिसभामा महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदाको अवधि ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहित सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ।

    नेपालको संविधानले प्रत्याभूत गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने माग गर्दै विपक्षी दलका महिला सांसदहरूले उक्त प्रस्ताव दर्ता गराएका हुन्।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रस्तावकी प्रस्तावक नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) रहेकी छन्। प्रस्तावका समर्थकमा नेकपा एमालेकी भूमिका लिम्बु सुब्बा, नेपाली कम्युनिस्ट पार्टीकी बलावती शर्मा, श्रम संस्कृति पार्टीकी राधिका रम्तेल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा छन्।

    प्रतिनिधिसभा नियमावली, २०७३ को नियम ७१ बमोजिम दर्ता गरिएको प्रस्तावमा हालको ९८ दिनको बिदा ६ महिनासम्म स्तनपान गराउन पर्याप्त नभएको उल्लेख छ। विश्व स्वास्थ्य संगठनले शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउन सिफारिस गरे पनि आमालाई ९८ दिन मात्रै बिदा दिइनु व्यवहारिक रूपमा विरोधाभासपूर्ण भएको सांसदहरूको तर्क छ।

    प्रस्तावमा राज्यले ‘सुनौलो १००० दिन’ र ६ महिनासम्म स्तनपानको विषयमा जोड दिँदै आए पनि मातृत्व बिदा पर्याप्त नदिँदा महिलाले कार्यस्थल र मातृत्वमध्ये एक रोज्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।

    त्यस्तै, नेपालमा प्रजनन दर घटेर १.६८ मा पुगेको भन्दै घट्दो जन्मदरलाई सम्बोधन गर्न राज्यले प्रभावकारी नीति ल्याउनुपर्ने माग पनि गरिएको छ। निजामती, शिक्षा, स्वास्थ्य, बैंक तथा गार्मेन्टलगायत क्षेत्रमा महिलाको सहभागिता बढ्दै गए पनि पर्याप्त बिदाको अभावले मातृत्वसम्बन्धी निर्णयमा असर परेको सांसदहरूको दाबी छ।

    सांसदहरूले अहिलेको ९८ दिनको सुत्केरी बिदा अपर्याप्त रहेको भन्दै यसले आमा र शिशुको स्वास्थ्यमा असर पारिरहेको उल्लेख गर्दै संसदमा यस विषयलाई प्राथमिकताका साथ छलफल गर्न माग गरेका छन्।

    su1.webp

    su2.webp

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - १४:५५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij