Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारको प्रतिगामी कदम धेरै टिक्दैन : ओली

सरकारको प्रतिगामी कदम धेरै टिक्दैन : ओली


  • 1.2K
    Shares

    सरकारको प्रतिगामी कदम धेरै टिक्दैन : ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कदम प्रतिगामी र स्वतन्त्रता विरोधी भएको बताउँदै धेरै लामो समय नटिक्ने बताएका छन् । एमाले स्वतन्त्रताका निम्ति लड्दै आएको पार्टी भएकाले अझै पनि त्यसका लागि सङ्घर्ष नछाड्ने ओलीको भनाइ छ । 

    आइतबार एमाले पार्टी कार्यालयमा छापा माध्यमका पत्रकारको ज्ञापन पत्र बुझ्ने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वतन्त्रताको लडाई अझै नसकिएको भन्दै त्यसको परास्त गर्न लागिरहनु पर्नेमा जोड दिए ।

    ‘हाम्रो पार्टी स्वतन्त्रताका निम्ति लड्दै आएको हो’, अध्यक्ष ओलीले भने, ‘हाम्रो सङ्घर्ष कहिले कहिले धिमा गतिमा चलेको होला, एकछिन अधिनायकवादले रोकेको होला । अहिले फेरि रोक्ने कोसिस भइरहेको छ ।’ ओलीले अबको प्रतिगामी र स्वतन्त्रता विरोधी कदम लामो समयका लागि टिक्न नसक्ने भन्दै राणा र शाही शासनको उदाहरण दिए । ‘अबका प्रतिगामी, स्वतन्त्रता विरोधी र संकिर्णतावादी कदमहरू लामो समयका लागि हुनै सक्दैनन्’, ओलीको भनाइ छ ।

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - १४:५१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij