२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । गोरखाको पालुङटार नगरपालिका–४ छापथोकस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
आइतबार बिहान करिब साढे ९ बजे बडडाँडाबाट ठाँटीपोखरीतर्फ जादै गरेको ग प्र ०३-००१ ह ०२१० नम्बरको अटो सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा ४८ वर्षीया पर्मिला जिसी, ४५ वर्षीया गीता श्रेष्ठ र २० वर्षीया प्रगती श्रेष्ठ र ३१ वर्षीया मेनुका गिरी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते चारै जनाको अवस्था मध्यम रहेको डीएसपी राजकुमार श्रेष्ठले बताएका छन् । उनका अनुसार घाइतेहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि आँपपिपल अस्पताल हर्मी पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटो चालक पालुङटार–४ का ३३ वर्षीय सुरेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij