Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको दिन सम्झिँदै गृहमन्त्री गुरुङले के भने ?

सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको दिन सम्झिँदै गृहमन्त्री गुरुङले के भने ?


  • 589
    Shares

    सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको दिन सम्झिँदै गृहमन्त्री गुरुङले के भने ?
    images

    काठमाडौं । गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटबीच सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको भदौ २७ गतेलाई ऐतिहासिक दिनका रूपमा स्मरण गरेका छन्।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै गुरुङले भदौ २३ पछि देश अन्योल र शक्ति रिक्तताको अवस्थामा पुगेको बताएका छन्। राजनीतिक नेतृत्वप्रतिको विश्वास कमजोर भएको र पुरानो नेतृत्व स्वीकार्य नभएको अवस्थामा नयाँ नेतृत्व चयन गर्नु चुनौतीपूर्ण बनेको उनको भनाइ छ।

    देश लामो समयसम्म शक्ति रिक्तताको अवस्थामा रहन नहुने भन्दै आफूले एक नागरिकका रूपमा देशले निकास पाओस् र राज्य सञ्चालनमा आओस् भन्ने चाहना राखेको गुरुङले उल्लेख गरेका छन्।

    भदौ २७ गते देशलाई निकास दिने जिम्मेवारी आफ्नो भागमा पनि आएको स्मरण गर्दै उनले राष्ट्रपति कार्यालय पुग्दाको अवस्थासमेत उल्लेख गरेका छन्। करिब नौ घण्टासम्मको प्रतीक्षाका क्रममा अन्योलता रहे पनि देशलाई खाली हात फर्काउन नहुने अडानमा आफू रहेको उनले बताएका छन्।

    अन्ततः सुशीला कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा पाउँदा देशले निकास पाएको अनुभूति भएको गुरुङको भनाइ छ। कार्की नेतृत्वको चुनावी सरकारले जिम्मेवारी सम्हालेपछि आफूले ठूलो जिम्मेवारीको भारी विसाएको जस्तो महसुस गरेको उनले बताएका छन्।

    गुरुङका अनुसार त्यो परिस्थिति हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाबाट बनेको थियो। आफ्नो भागमा आएको जिम्मेवारी आफूले सकेसम्म पूरा गरेको उल्लेख गर्दै उनले भदौ २७ गतेलाई कठिन परिस्थितिमा देशले आफूलाई विश्वास गरेको क्षणका रूपमा स्मरण गरेका छन्।

    कार्की नेतृत्वको अन्तरिम सरकारले गत फागुन २१ गते निर्वाचन गराएको थियो। उक्त निर्वाचनपछि बालेन शाहको नेतृत्वमा सरकार गठन भएको थियो। हाल गुरुङ सोही सरकारमा गृहमन्त्रीको जिम्मेवारीमा छन्।

     

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - ११:५०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij