Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाणगङ्गा नदीको बाढीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगङ्गा नदीको बाढीमा फसेका १२ जनाको सकुशल उद्धार


  • 575
    Shares

    बाणगङ्गा नदीको बाढीमा फसेका १२ जनाको सकुशल उद्धार
    images

    काठमाडौं । कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    बाढीका कारण नदी क्षेत्रमा फसेका एघार महिला र एक पुरुषलाई गएराति सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो ।

    सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाढी आएपछि मानिसहरू फसेका भन्ने सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो ।

    उनले भने, ‘नदीमा पानीको बहाव बढेपछि त्यहाँ फसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार कार्यमा सशस्त्र प्रहरी टोली सक्रिय रूपमा परिचालन भएको थियो ।’

    कपिलवस्तु नगरपालिका-६ की ७० वर्षीया गोपी परियार, ७० वर्षीया किरली परियार, २४ वर्षीया कविता कुमाल, ३८ वर्षीया रामी वयम्बु, ३२ वर्षीया मीना वयम्बु, ४५ वर्षीया बेलमति सुनार, ४५ वर्षीया सुश्मा जिसी, १८ वर्षीया लालुमाया श्रेष्ठ, ३४ वर्षीया लक्ष्मी परियार, ४० वर्षीया बिना विक, २४ वर्षीया बिन्दा थापा तथा ३७ वर्षीय रेशम परियारको उद्धार गरिएको छ ।

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - ११:२७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij