Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रुकुम पश्चिममा जिप दुर्घटना : मृतकको सनाखत, घाइते उद्धार गर्न हेलिकप्टर माग

रुकुम पश्चिममा जिप दुर्घटना : मृतकको सनाखत, घाइते उद्धार गर्न हेलिकप्टर माग


  • 561
    Shares

    रुकुम पश्चिममा जिप दुर्घटना : मृतकको सनाखत, घाइते उद्धार गर्न हेलिकप्टर माग
    images

    काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    कोटगाउँबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो।

    दुर्घटनामा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की करिब १५–१६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

    प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका नौ जनामध्ये तीनदेखि चार जनाको अवस्था गम्भीर छ। अन्य घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको बताइएको छ।

    गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको छ। सानीभेरी गाउँपालिकाले घाइतेको उद्धारका लागि हेलिकप्टर उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्राचार गरेको छ।

    गाउँपालिकाको अनुरोधअनुसार गृह मन्त्रालयमा समेत हेलिकप्टरका लागि पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिएका छन्। उद्धारका लागि लाग्ने खर्च गाउँपालिकाले व्यहोर्ने गरी तत्काल हेलिकप्टर उपलब्ध गराउन आग्रह गरिएको उनले बताए।

    दुर्घटनापछि स्थानीयवासी र प्रहरीले घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि पठाउने काम गरिरहेका छन्। दुर्घटनाको कारणबारे भने प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    noticed-12.jpg

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - ११:११:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij