२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो ।
आज सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसअनुसार दुई दिनको अवधिमा चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको छ । त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ९९५ रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij