Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुनसरी मोटरसाइकल दुर्घटना हुँदा सीडीओका स्वकीयसहित २ जनाको मृत्यु

सुनसरी मोटरसाइकल दुर्घटना हुँदा सीडीओका स्वकीयसहित २ जनाको मृत्यु


  • 1.0K
    Shares

    सुनसरी मोटरसाइकल दुर्घटना हुँदा सीडीओका स्वकीयसहित २ जनाको मृत्यु
    images

    विराटनगर । सुनसरीको इटहरीमा आज राति भएको मोटरसाइकल दुर्घटनमा २ जनाको मृत्यु भएको छ ।

    इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी ७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भएर पल्टँदा २ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी छन् । सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुन् ।

    उनी सुनसरीका प्रमुख जिल्ला अधिकारीका स्वकीयको रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । यस्तै, पारसले भने केही समयअघि राजीनामा दिएका थिए । उनी पनि जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी थिए ।

    दुई बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालले बताए । दुर्घटनामा घाइते भएका दुबैलाई उपचारका लागि राति नै वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनीहरुलाई विहान ५ बजे मृत घोषणा गरिएको थियो ।

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - ०८:५४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij