Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढीमा १ हजार ३८४ जनाको शव फेला, चार हजार बढी अझै बेपत्ता

भोटेकोशी बाढीमा १ हजार ३८४ जनाको शव फेला, चार हजार बढी अझै बेपत्ता


  • 701
    Shares

    भोटेकोशी बाढीमा १ हजार ३८४ जनाको शव फेला, चार हजार बढी अझै बेपत्ता
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी चितवनमा ३६४ जनाको शव भेटिएको छ । त्यस्तै नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार फेला परेकामध्ये १ हजार २३० शवको पहिचान तथा प्रक्रिया पूरा गरी व्यवस्थापन गरिसकिएको छ । पहिचान नभएका शवहरूलाई डिएनए नमुना संकलन गरी सुरक्षित रूपमा माटोमुनि राखिएको छ ।

    हालसम्म मृतक र तिनका आफन्त गरी ३ हजार १३२ वटा डिएनए नमुना संकलन गरिएको छ । पहिचान हुन बाँकी १ हजार ३३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ । बाढीमा परेका ४ हजार ८९ जना अझै बेपत्ता छन् । प्रभावित क्षेत्रमा खोजी, उद्धार र सहायताका लागि ७ हजार ९७५ प्रहरी कर्मचारी खटाइएको छ ।

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - ०८:४६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij