Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गोरखामा दुई बस ठोकिँदा ४ जना घाइते, एकको अवस्था गम्भीर

गोरखामा दुई बस ठोकिँदा ४ जना घाइते, एकको अवस्था गम्भीर


  • 757
    Shares

    गोरखामा दुई बस ठोकिँदा ४ जना घाइते, एकको अवस्था गम्भीर
    images

    काठमाडौं । गोरखामा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। गोरखाको भच्चेकबाट काठमाडौं आउँदै गरेको बस र काठमाडौंबाट गोरखातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो।

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनिलकुमार खड्काका अनुसार दुर्घटनामा चार जना घाइतेमध्ये एक जना गम्भीर छन्।

    गण्डकी गाउँपालिका ४ स्थित गैरी चौतारामा भच्चेकबाट काठमाडौं आउँदै गरेको ग २ ख ९८३ बस र काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग २ ख ८००६ ठोकिएका हुन्।

    ‘तीन जनाको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ। एक जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते १० वर्षका बालकलाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ,’ एसपी खड्काले भने। गोरखामा उपचाररतहरूको अवस्था मध्यम रहेको उनको भनाइ छ।

    प्रकाशित मिति :भाद्र २७ २०८३ शनिवार - २१:३४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij