Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ग्रिन आर्मीको सैनिक पोसाक र दर्जामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट

ग्रिन आर्मीको सैनिक पोसाक र दर्जामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट


  • 736
    Shares

    ग्रिन आर्मीको सैनिक पोसाक र दर्जामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट
    images

    काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढी तथा विपद्का क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको भनिएको ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

    अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न प्रयोग गर्नु संविधान तथा प्रचलित कानुनविपरीत भएको दाबी गर्दै शुक्रबार रिट दायर गरेका हुन्।

    रिटमा ‘ग्रिन आर्मी नेपाल’सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सरकारी निकायलाई विपक्षी बनाइएको छ। रिटको पहिलो पेसी सोमबार तोकिएको छ।

    निवेदकहरूले संस्थाले ‘क्याडेट’, ‘ब्रिगेडियर’, ‘मार्सल’ र ‘चिफ मार्सल’जस्ता सैनिक प्रकृतिका पद प्रयोग गर्ने गरेको दाबी गरेका छन्। साथै सैनिक शैलीको पोसाक, दर्ज्यानी चिह्न, बुट तथा रेडियो सेट प्रयोग गर्दा सर्वसाधारणमा सुरक्षा निकायसँग सम्बन्धित रहेको भ्रम सिर्जना हुन सक्ने जिकिर गरिएको छ।

    रिटमा सरकारी निकायबाट संस्थालाई सैनिक प्रकृतिको पोसाक प्रयोग गर्न दिइएको भनिएको अनुमति तथा सहमेतसमेत बदर गर्न माग गरिएको छ। साथै गैरसरकारी संस्थाले सुरक्षा निकायसँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गर्न नपाउने स्पष्ट मापदण्ड बनाउन माग गरिएको छ।

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - १७:४३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij