२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल आयल निगमको मुख्यालय घेराउ गरेका छन्।
ग्यासको मूल्य वृद्धि भए पनि बजारमा सहज रूपमा ग्यास उपलब्ध नभएको भन्दै विद्यार्थीहरूले निगम कार्यालयअगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले ‘घरमा हाम्रो बास छैन, किनभने ग्यास छैन’ लगायतका नारा लगाउँदै थाल तथा खाली ग्यास सिलिन्डर प्रदर्शन गरेका थिए।
नेपाल आयल निगमले भने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक क्षतिग्रस्त भएपछि नियमित ढुवानी प्रभावित भएको बताउँदै आएको छ। सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरी ग्यास आपूर्ति गर्ने व्यवस्था गरिएको निगमको दाबी छ।
निगमका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म तराईका उद्योगमा सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यकामा ग्यास ल्याउने व्यवस्था गरिएको छ। तर, उपभोक्ताले भने बजारमा पर्याप्त ग्यास नपाएको गुनासो गर्दै आएका छन्।





© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij