Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘मन्त्रीहरू नै खुट्टा भाच्ने र पाता कस्ने धम्की दिन्छन्, यस्तो त्रासमा कसले लगानी गर्छ?’

‘मन्त्रीहरू नै खुट्टा भाच्ने र पाता कस्ने धम्की दिन्छन्, यस्तो त्रासमा कसले लगानी गर्छ?’


  • 659
    Shares

    ‘मन्त्रीहरू नै खुट्टा भाच्ने र पाता कस्ने धम्की दिन्छन्, यस्तो त्रासमा कसले लगानी गर्छ?’
    images

    काठमाडौं । पूर्वअर्थमन्त्री एवं सांसद वर्षमान पुनले सरकारका मन्त्रीहरूले दिनहुँ निजी क्षेत्रलाई धम्क्याउने र तर्साउने गरेका कारण मुलुकको अर्थतन्त्र थप धराशायी बन्दै गएको आरोप लगाएका छन्। शुक्रवार प्रतिनिधिसभामा बोल्दै सांसद पुनले बजारमा महँगीले आकाश छोएको, सेयर बजारले सरकारलाई पत्याउन छाडेको र ग्यासको चरम हाहाकार हुँदा पनि सरकार रमिता हेरेर बसेको बताएका छन्।

    निजी क्षेत्रको मनोबल थप गिर्दै गएको छ। सरकार र निजी क्षेत्रको बलियो हातमालोबिना अर्थतन्त्र उकास्न असम्भव छ, पूर्वअर्थमन्त्री पुनले भने, ूतर सरकारका जिम्मेवार मन्त्रीहरूको दैनिकी नै निजी क्षेत्रलाई तर्साउने र धम्काउने भएको छ।

    कोही मन्त्री ‘खुट्टा भाच्ने’ भन्नुहुन्छ, कोही ‘थुन्ने’ भन्नुहुन्छ, कोही ‘पाता कस्ने’ भन्नुहुन्छ। यस्तो त्रासमय वातावरणमा निजी क्षेत्रले कसरी मन फुकाएर लगानी गर्न सक्छरुू उनले मन्त्रीहरूलाई व्यवसायीमाथि आतंक सिर्जना गर्न छाडेर सहकार्यको हात बढाउन आग्रह गरे।

     

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - १७:१०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij