२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेर १० दिनपछि उद्धार भएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन् ।
बाढीपछि सुरुङभित्र फसेका साहलाई १०औँ दिनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विज्ञसहितको संयुक्त उद्धार टोलीले सकुशल उद्धार गरेको थियो ।
उद्धारपछि उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएका साह सात दिनको उपचारपछि आज डिस्चार्ज भएका हुन् ।
सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार साह स्वास्थ्य लाभ गरेपछि घर फर्किएका छन् ।
साह त्रिशूली–३ ए जलविद्युत आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij