Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आशिका तामाङको कटाक्ष : ‘ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस् सरकार’

आशिका तामाङको कटाक्ष : ‘ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस् सरकार’


  • 568
    Shares

    आशिका तामाङको कटाक्ष : ‘ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस् सरकार’
    images

    काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै सरकारको आलोचना गरेकी छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेकी हुन्। 

    उनले पसलमा ग्यास हुँदाहुँदै पनि व्यापारीले बेच्न नमानेको गुनासोहरु आउने गरेको समेत बताइन् । यसले त नेपालमा सरकारभन्दा माफिया ठूला रहेछन् भन्ने पुष्टि भएन र ? भन्दै प्रश्न गरीन् । उनले बजारमा ग्यास नभए सरकारले स्पष्ट रुपमा नागरिकलाई जानकारी गराउनुपर्ने पनि बताइन् । 

    उनले भनिन्, ‘यदि ग्यास छैन भने छैन, हामीसँग ग्यास छैन भनेर सरकारले भनिदेओस् । यदि ग्यास दिन सक्दैन भने सरकारले दाउरा खोजी भात पकाएर खाओ भनेर जनतालाई भनिदेओस् । महिनैपिच्छे ग्यासका लागि मन्त्री फेर्ने होइन  यसरी मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा पनि मन्त्रीहरूको लाइन लामो हुन्छ ।’ 

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - १५:२८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij