Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढी : गोजीमा भेटिएको मोबाइलबाट खुल्यो ४ मृतकको पहिचान

भोटेकोशी बाढी : गोजीमा भेटिएको मोबाइलबाट खुल्यो ४ मृतकको पहिचान


  • 1.1K
    Shares

    भोटेकोशी बाढी : गोजीमा भेटिएको मोबाइलबाट खुल्यो ४ मृतकको पहिचान
    images

    काठमाडौं । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका १ हजार ३८५ जनाको शव फेला परेको छ । तर, तीमध्ये अहिलेसम्म १०३ जनाको मात्र सनाखत भएको छ ।

    गत भदौ १० गते चीनको तिब्बततर्फबाट ल्हेन्दे खोला हुँदै आएको बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–स्थित रसुवागढी र टिमुरे क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति गरेको थियो ।

    मृतकका शवको पहिचान गर्न कठिन भइरहेका बेला टिमुरे क्षेत्रमा फेला परेका चार शव भने गोजीमा भेटिएको मोबाइल फोनका कारण पहिचान गर्न सहज भएको छ ।

    रसुवाका डीएसपी अशोक थापाका अनुसार ती शवको मुचुल्का गर्ने क्रममा मोबाइल भेटिएपछि त्यसमा रहेका सिमकार्ड निकालेर परिवारसँग सम्पर्क गरिएको थियो । मोबाइल नम्बरमार्फत आफन्तसँग सम्पर्क भएपछि चारै जनाको सनाखत भएको उनले बताए ।

    मोबाइलबाट पहिचान हुनेमा नुवाकोट बेलकोटगढी नगरपालिका–५ का ४० वर्षीय ठाकुर अधिकारी र रामबहादुर भुजेल, धादिङ बेनीघाट रोराङ गाउँपालिका–५ का ३२ वर्षीय बिमल त्रिपाठी तथा रसुवा गोसाइँकुण्डका फुर्पु धिन्डुक तामाङ रहेका छन् ।

    उनीहरूको शव भदौ २२ गते परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    रसुवामा मात्रै हालसम्म १७८ वटा शव फेला परेका छन् । तीमध्ये ११ जनाको सनाखत भएको छ । सनाखत भएकामा फुर्पु धिन्डुक तामाङ, ठाकुर अधिकारी, बिमल त्रिपाठी, रामबहादुर भुजेल, गंगादेवी श्रेष्ठ, पुदुली तामाङ, जनक आचार्य, बिविराम तामाङ, कुशल खपाङ्गी मगर, आशविर तामाङ र आशिष बानियाँ रहेका छन् ।

    प्रहरीका अनुसार बाढीमा ज्यान गुमाएकाहरूको शवको पहिचानका लागि विभिन्न माध्यमबाट अनुसन्धान तथा सनाखतको काम जारी छ ।

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - १५:००:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij