Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सांसद कार्कीको प्रश्न– संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन ?

सांसद कार्कीको प्रश्न– संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन ?


  • 519
    Shares

    सांसद कार्कीको प्रश्न–  संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन ?
    images

    काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोषिमा कार्कीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति सरकार र अस्पताल प्रशासनमाथि गम्भीर प्रश्न उठाएका छन् । 

    प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हन् । उनले प्रसव पीडामा रहेकी महिलालाई तत्काल अस्पतालमा भर्ना गरी सुरक्षित प्रसूतिको व्यवस्था गर्नुपर्नेमा अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनुमा अस्पताल प्रशासनको कमजोरी रहेको बताएका छन्। उनले संविधानले स्वास्थ्य, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गरेपनि नागरिकले व्यवहारमा त्यसको अनुभूति गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् । उनले अस्पताल प्रशासनले बिरामी अस्पतालबाट कहिले र कसरी बाहिरिइन् भन्नेबारे समेत जानकारी भनी दिएको जवाफप्रति समेत आपत्ति जनाएका छन्। 

    राजविराज नगरपालिका–१४ पर्साही निवासी हरेराम पासवानकी श्रीमती बबिता पासवानलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लगिएकोमााा उनीसँग उपचारका लागि आवश्यक रकम नभएको भन्दै अस्पतालले भर्ना गर्न अस्वीकार गरेको थियो । पासवानसँग तत्काल २ हजार ५ सय रुपैयाँ मात्र रहेको र सो रकमका कारण अस्पतालले भर्ना लिन अस्वीकार गरिएको छ ।

    सांसद कार्कीले भने, ‘संविधानमा हामीले स्वास्थ्यको हक लेख्यौँ, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक लेख्यौँ । तर कागजमा लेखिएको निःशुल्क सेवा र नागरिकले पाउने वास्तविक व्यवहारिक सेवामा यति धेरै दुरी किन सभामुख महोदय ? मेरा केही प्रश्न छन् । प्रसव पपीडामा भएकी महिलालाई तत्काल भर्ना गरेर तपाईं कतै नजानुस् है तपाईंको घर खुलिसकेको छ, तपाईंलाई हामी निरन्तर हेर्छौँ भन्नुपर्ने थियो । त्यो भनियो कि भनिएन ? अनि अस्पतालले हामीलाई जानकारी नै छैन कुन बेला बिरामी निस्किएर गयो भनेर भन्न पाउँछ ?’

    उनले बबिताजस्ता हरेक सुत्केरी र प्रसव पीडा भएका महलिासम्म राज्य पुग्नुपर्ने बताएका छन्।       
     

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - १३:५५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij