Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारद्वारा ई–प्रोक्योरमेन्ट प्रणाली बन्द गरिएको भन्दै सांसद दुलालको विरोध

सरकारद्वारा ई–प्रोक्योरमेन्ट प्रणाली बन्द गरिएको भन्दै सांसद दुलालको विरोध


  • 547
    Shares

    सरकारद्वारा ई–प्रोक्योरमेन्ट प्रणाली बन्द गरिएको भन्दै सांसद दुलालको विरोध
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट (ई–प्रोक्योरमेन्ट) प्रणाली बन्द गरेको भन्दै विरोध जनाएका छन् ।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दुलालले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेही र प्रतिस्पर्धी बनाउन २०७० सालदेखि सञ्चालनमा रहेको प्रणाली १३ वर्षपछि बन्द गरिएको बताए ।

    साउनदेखि कात्तिकसम्म सरकारको मुख्य ठेक्कापट्टा हुने समय भए पनि प्रणाली बन्द हुँदा ठेक्का प्रक्रिया प्रभावित भएको उनको भनाइ छ । उनका अनुसार प्रणाली बन्द हुँदा केन्द्र सरकारका सयौँ कार्यालय, ७५३ स्थानीय तह तथा सातै प्रदेशअन्तर्गतका कार्यालयबाट हुने सार्वजनिक खरिद प्रक्रिया प्रभावित भएको छ ।

    औषधि तथा स्वास्थ्य सामग्री खरिद, अत्यावश्यक वस्तुको आपूर्ति र विकास निर्माणका कामसमेत प्रभावित भएको उनले बताए ।

    दुलालले प्रणाली ह्याक भएको र पुरानो कोडबाट सञ्चालन हुन नसक्ने बहाना बनाएर नयाँ प्रणाली ल्याउने उद्देश्यले पुरानो प्रणाली बन्द गरिएको आशंका व्यक्त गरे । बिचौलिया, कर्मचारी र व्यवसायीको मिलेमतोमा प्रणाली बन्द गराइएको हुनसक्ने दाबी गर्दै उनले सरकारले डिजिटल शासनको नारा दिएर पुनः कागजी प्रक्रियातर्फ फर्कनु विडम्बना भएको बताए ।

    कागजी प्रक्रियाबाट ठेक्कापट्टा सञ्चालन गरिए त्यसले पारदर्शिता घटाएर कुशासन र अनियमितता बढाउने खतरा रहेको उनको भनाइ छ ।

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - १३:४६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij