Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी, असोज २८ गतेसम्म आवेदन दिन सकिने

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी, असोज २८ गतेसम्म आवेदन दिन सकिने


  • 932
    Shares

    सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी, असोज २८ गतेसम्म आवेदन दिन सकिने
    images

    काठमाडौं । सशस्त्र प्रहरीले ठूलो संख्यामा प्रहरी जवान भर्ना गर्ने तयारी गरेको छ। 

    सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले आज सूचना जारी गर्दै प्रहरी जवानसहित विभिन्न पदमा ६ सय ६६ जनाको पदपूर्ति गर्न लागिएको जनाएको हो। 

    सूचनाअनुसार ६ सय ४ जना सशस्त्र प्रहरी जवान, ३८ जना भान्से, ८ जना कुचिकार, ६ जना सूचीकार, ७ जना केस कर्तक, २ जना चर्मकर्मी र १ जना मालीको लागि दरखास्त आह्वान गरिएको छ। 

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन्। 

    Screenshot_2026-09-11_071028_htwkLivFdd.png

     

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - ०७:४२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij