Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मोरङ कारागारको बी ब्लकमा छापा, १० लाख नगद र फलामे रड बरामद

मोरङ कारागारको बी ब्लकमा छापा, १० लाख नगद र फलामे रड बरामद


  • 715
    Shares

    मोरङ कारागारको बी ब्लकमा छापा, १० लाख नगद र फलामे रड बरामद
    images

    काठमाडौं । कैदीबन्दीको एक समूहले प्रभाव जमाउँदै आएको भनिएको मोरङ जिल्ला कारागारको ‘बी’ ब्लकमा प्रहरीले छापा मारेको छ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार गरेको खानतलासीका क्रममा कारागारभित्रबाट १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद र ८ वटा फलामे रड बरामद गरेको हो।

    मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार बरामद रकम कारागारभित्र कसरी पुग्यो र के प्रयोजनका लागि राखिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको छ। फलामे रडको स्रोत र सम्भावित प्रयोगबारे पनि प्रहरीले छानबिन थालेको जनाएको छ।

    यसअघि भारतीय नागरिक चन्चल बर्मा र मनिष विकको समूहले बी ब्लकमा प्रभाव जमाउँदै आएको चर्चा थियो। उनीहरूसहितका मुख्य नाइकेलाई अन्य कारागारमा स्थानान्तरण गरिएपछि सुरक्षा अवस्था सहज बनेको र त्यसपछि छापा मारिएको प्रहरीले जनाएको छ।

    कारागार प्रशासनले पछिल्लो समय उक्त समूहसँग सम्बन्धित ३७ जना कैदीबन्दीलाई दुई चरणमा अन्यत्र स्थानान्तरण गरेको थियो। अहिले कारागारको आन्तरिक सुरक्षा र निगरानी थप कडा पारिएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १७:५४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij