२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुनसरी–४ बाट निर्वाचित इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो। यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि मन्त्रालय मन्त्रीविहीन थियो।
मन्त्री बन्ने तयारीसँगै साह आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएको बताइएको छ। यद्यपि, उनको नियुक्तिबारे औपचारिक निर्णय तथा शपथको समय भने सार्वजनिक भइसकेको छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij