Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काँग्रेस सचेतक राईको प्रश्न – राज्य विधिबाट चल्छ कि पहुँचबाट ?

काँग्रेस सचेतक राईको प्रश्न – राज्य विधिबाट चल्छ कि पहुँचबाट ?


  • 743
    Shares

    काँग्रेस सचेतक राईको प्रश्न – राज्य विधिबाट चल्छ कि पहुँचबाट ?
    images

    काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचबाट चल्न थालेको आरोप लगाएका छन् ।

    विहीवार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सरकारलाई ‘जेन्जी आन्दोलन’को मर्मअनुसार पारदर्शिता, सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यका लागि गम्भीर भएर काम गर्न आग्रह गरेका छन् । विधिको लागी आन्दोलनमा उत्रेका युवाहरुको जगमा बनेको सरकारले विधि मिच्न थालेको बताएका छन् । उनले नेपाल रेडक्रस सोसाइटीमा सरकारी हस्तक्षेप भएको आरोप लगाएका छन् । उनले रेडक्रसलाई राजनीतिक शक्ति परीक्षण गर्ने थलो नबनाउन तथा वैधानिक प्रदेश तथा जिल्ला समितिमाथिको हस्तक्षेप रोक्न माग गरेका छन् । 

    साथै विधान तथा कानुनअनुसार विशेष महाधिवेशनको वातावरण बनाई वैधानिक नेतृत्व चयन गर्न सरकारसँग आग्रह गरेका छन् । उनले मलेसियामा रोजगारीका लागि सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था छनोट गर्ने तयारी भएको पनि आपत्ति जनाएका छन् । उनले छनोटको मापदण्ड, संख्या र प्रक्रिया पारदर्शी बनाउन सरकारसंग माग गरेका छन् । उनले स्वास्थ्य बीमा कार्यक्रममा घरघर पुगेर नागरिकलाई जोड्ने दर्ता सहयोगीहरूले लामो समयदेखि प्रोत्साहन भत्ता नपाएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्। 

    नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने व्यक्तिको आफ्नै श्रम असुरक्षित भएको टिप्पणी गर्दै प्रोत्साहन रकममा भइरहेको १५ प्रतिशत कर कट्टीको व्यवस्था पुनरावलोकन गर्न माग गरेका छन् । उनले रेडक्रस, वैदेशिक रोजगारी र स्वास्थ्य बीमाका यी तीनवटा विषय फरक देखिएपनि तिनको मूल प्रश्न एउटै रहेको उल्लेख गरेका छन्।

    उनले भने, ‘एउटा रेडक्रसको विषय, एउटा रोजगारीको विषय, अर्को स्वास्थ्य बीमाको तर धागो एउटै छ । रेडक्रसको प्रसङ्ग संस्थाको स्वायत्तताको हो । रोजगारीको प्रश्नको कुरा भनेको निष्पक्ष प्रतिस्पर्धाको कुरो हो । दर्ता सहयोगीको प्रश्नलाई हेर्ने हो भने श्रमको समानताको हो । र यी तीनवटै प्रश्नको मूल प्रश्न एउटै हो, राज्य विधिबाट चल्छ कि पहुँचबाट भन्ने कुरा । संस्था नियमले चल्छ कि रुचिले । सरकार नागरिकको सेवामा छ कि सीमित स्वार्थको संरक्षणमा ।’

     

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १६:२४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij